शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर वृद्धि’

मङ्गलबार, ११ असोज २०७९, २० : ३९
मङ्गलबार, ११ असोज २०७९

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक मात्रै ब्याजदर बढाएको बताए । उनले योबीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे । उनले व्यवसायीहरुको पनि तयारी हुने गरी ब्याज बढाउँदै आएको जिकिर गरे । उनले अहिले डलरको मूल्य १० रुपैयाँ भन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए । 

अध्यक्ष उपाध्यायले बजारमा तरलताको अभावको कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको बताए । उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताए । उनले ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए । उपाध्यायले बैंकहरुमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरु दिगो बनाउन नसकिने बताए । 

अध्यक्ष उपाध्यायले गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको बताए । उनले  गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको बताए । 

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने बताए । उनले कुनै व्यवसायमा लगानी गर्ने भन्दा बैंकमा रकम राख्दा ब्याज बढी पाउने भएपछि उद्योगमा लगानी गर्ने सोच कम हुनसक्ने बताए । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप