मदन पुरस्कारबाट लम्साल र जगदम्बाश्रीबाट श्रेष्ठ सम्मानित
संवत् २०७८ को मदन पुरस्कारबाट अग्नि महाकाव्यका सर्जक डा. नवराज लम्साल र जगदम्बाश्री पुरस्कारबाट भारतमा नेपाली भाषाको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा विशेष योगदान दिने दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गरिएको छ । मदन पुरस्कार गुठीद्वारा ललितपुर, पाटनढोकामा मंगलबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमा बोल्दै अध्यक्ष दीक्षितले नेपाली समाजले राजनीति, इतिहासमा कर्मठ र इमानदार पात्र कोप भाजनमा पर्छन् र कसरी बिलाउँछन् बुझ्ने फरक आँखा अग्नि महाकाव्यमा भेट्टाइने बताए । अग्नि महाकाव्यमा लम्सालले नेपाली समाजमा विभेदको आधार जात कि आचरण हो भनी प्रश्न उठाएको बताए ।
नेपालको चलचित्र इतिहासको प्रारम्भिक कालमा उल्लेखनीय भूमिका निर्वाह गरेका तथा भारतमा नेपालको पुरानो बनारस विरासत जोगाउन कार्यरत, अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्यमा तल्लीन रहेर नेपाली साहित्यिक पत्रिका उदयको आठ दशकदेखिको प्रकाशनलाई निरन्तरता दिँदै नेपाली वाङ्ग्मयको श्रीवृध्दिमा विशिष्ट योगदान गरेबापत दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको मदन पुरस्कार गुठीले जनाएको छ ।
दुवै पुरस्कारको राशि चार चार रुपैयाँ लाख र सम्मानपत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान