बेलायत जाने नर्ससँग पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण
सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससँग विभिन्न वहानामा पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न एजेण्ट तथा कन्सल्टेन्सीले पैसा उठाइरहेको गुनासोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल सरकार र बेलायत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएर ‘जी टु जी’ मार्फत कामदार पठाउने तयारी भइरहेको भन्दै त्यसका लागि एक पैसा पनि शुल्क नलाग्ने प्रष्ट पारेको छ । बेलायतको चर्चित पत्रिका द गार्जियनले सरकारी कोटामा बेलायत जाने नर्ससँग नेपाली एजेन्टहरूले पैसा लिइरहेको भन्दै समाचार प्रकाशित गरेको थियो । यसमा बेलायतले नेपाली नर्सलाई ल्याउने विषयमा सचेत हुनुपर्ने भन्दै विज्ञको समेत धारणा सार्वजनिक गरेको थियो ।
यसले नेपाली नर्सलाई सम्मानजनक व्यवहार नहुनेप्रति सचेत गराउँदै दुवै सरकारको ध्यानाकर्षण गराएको थियो । उक्त समाचारप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्ति अनुसार बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालय र नेपालको वैदेशिक रोजगार विभागबाट संयुक्त रूपमा कार्यान्वयन हुने भन्दै त्यसका लागि वैदेशिक रोजगार विभागमा एक छुट्टै कार्यान्वयन इकाई समेत स्थापना भइसकेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण