‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी छुः भुटानी अभिनेत्री उगेन
भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताइन् । उनले भनिन्, “नेपालमा पहिलो काममा नै राम्रो अनुभव सँगालेकी छु । मलाई सम्पूर्ण टीमले सघाउँदा काम गर्न सजिलो भयो । छायाङ्कनकै क्रममा नेपाली भाषासमेत सिके ।” उनले फिल्ममा भुटानबाट नेपाल घुम्न आएकी युवतीको भूमिका निर्वाह गरेकी छन्।
उगेनलाई नेपाली फिल्ममा स्वागत गर्दै अभिनेता दयाहाङ राईले कलाकारितासँगै बजार र संस्कृति पनि जोडिएको बताए । “उगेनजीसँगै हाम्रो बजार भूटानमा केही भए पनि विस्तार हुन्छ । साथै संस्कृति पनि दुवै देशको जोडिएर पर्दामामार्फत प्रवद्र्धन हुन्छ”, अभिनेता राईले बताए । उनले फिल्मसँग स्क्रिप्टदेखि नै जोडिएको जनाउँदै राम्रो विषयवस्तु उठान गरिएको बताए ।
निर्देशक दीपेन्द्र लामाले गम्भीर विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको जानकारी दिए । पत्रकार सम्मेलन कलाकारहरु उपासना सिंह ठकुरी, पुस्कर गुरुङ, प्रस्तुतकर्ता किरण नेपालीसँगै निर्माता तथा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?