शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको जित

मङ्गलबार, ११ असोज २०७९, २३ : ०८
मङ्गलबार, ११ असोज २०७९

अन्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

नेपालका लागि सबै गोल अन्जनले गरे ।  अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।  अञ्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप