सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

११ देशमा आयोजना हुँदै ‘साकुरा नाईट’

मङ्गलबार, ११ असोज २०७९, १९ : १४
मङ्गलबार, ११ असोज २०७९

अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न सहरमा ‘साकुरा नाईट सिजन ५’ आयोजना गर्ने जनाएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो ।

काली प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारको प्रस्तुति रहने कार्यक्रम क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थ लगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको छ ।

अघि नेपाल र जापानमा केही कार्यक्रम गरिसकेको आयोजकले सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले कार्यक्रम ११ देशमा पनि आयोजना हुने जानकारी दिए । अष्ट्रेलियामा कार्यक्रम ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाईटसिजन ५ को आयोजना डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए । कार्यक्रम डिसेम्बर १३ तारिकदेखि २१ तरिकसम्म आयोजना हुनेछ । 

विश्वभर नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली कला संस्कृतिको संरक्षणका लागि सूर्य कर्पोरेशनले निरन्तर फिल्म अवार्ड र साकुरा नाइटको आयोजना गरिरहेको कार्यक्रम संयोजक कार्यक्रमका संयोजक समीर बलामीले बताए । कर्पोरेशनले २०२३ मा सूर्य इन्टरनेशनल अवार्डको तेश्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेको समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप