बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टको ह्याट्रिक

मङ्गलबार, ११ असोज २०७९, १८ : १४
मङ्गलबार, ११ असोज २०७९

बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।  मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।

अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप