आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्दैछन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

मङ्गलबार, ११ असोज २०७९, २२ : ००
मङ्गलबार, ११ असोज २०७९

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानुन निर्माणको काम गर्न नसकेको बताए । उनले विकास, निर्माणको काममा बढि ध्यान दिनुपर्ने भएकाले पनि सांसदहरुले कानुन निर्माणको काममा ध्यान दिन नसकेको समेत स्पष्ट पारे ।  

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले  सांसदहरुको मूल काम कानुन निर्माण गर्ने भएकाले त्यसैमा ध्यान दिन आवश्यक रहेको बताए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसदलाई गैर संसदीय प्रक्रियामा लैजाने काम नगर्न पनि राजनीतिक दलहरूलाई आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप