बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बडा दशैंमा एनएमबिको डिजिटल धमाका

मङ्गलबार, ११ असोज २०७९, १७ : ४३
मङ्गलबार, ११ असोज २०७९

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड तथा मोबाइल बैंकिङ्गमा छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर तथा ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । चाडबाडलाई लक्षित गरी भएको सहकार्यअनुसार २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ । 

बडा दशैंमा बडा डिजिटल धमाका नाम दिइएको अफरमा ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।
ग्राहकले डेबिट कार्डबाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् । यस्तै क्रेडिट कार्डबाट ग्राहकहरुले क्रेडिट कार्डबाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउन सक्नेछन् । 

यस्तै बैंकको एपबाट एनटिसी÷एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाइनेछ । 
एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप