गोरखामा बाबुराम ‘इन’ भएपछि नारायणकाजी ‘आउट’
सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए । तर, राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठ भट्टराई ‘इन’ भएसँगै ‘डेन्जर जोन’मा पर्दै चुनाव नै नलड्ने निष्कर्षमा पुगेका छन् ।
आगामी मंसिर ४ गते हुने चुनावमा भट्टराई माओवादीकै हँसिया हथौडा चुनाव चिन्ह लिएर लड्ने भएका छन् भने उनले गोरखा–२ बाटै टिकट पाउने पक्कापक्की भएको छ । २०७४ सालको चुनावमा भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । जसमा श्रेष्ठ एमाले–माओवादीसहितको वाम गठबन्धनबाट लडेका थिए भने भट्टराईले नेपाली काँग्रेससहित लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला भट्टराईले ३१ हजार ८०७ मतका साथ विजयी भएका थिए भने श्रेष्ठ २४ हजार ९३३ मतका साथ पराजित भएका थिए ।
भट्टराई र श्रेष्ठबीचको मतान्तर ६ हजार ८७४ थियो । राष्ट्रिय सभा सदस्य नारायणकाजी राजीनामा दिएर आगामी चुनावमा गोरखा २ बाट चुनाव लड्ने पहिलेदेखि चर्चा थियो । तर, भट्टराईले माओवादीसँग तालमेल गरेपछि श्रेष्ठ डेन्जर जोनमा हुँदै अब चुनावनै नलड्ने अवस्थामा पुगेका हुन् । उसो त तल्लो कमिटीले उनको नाम समेत सिफारिस गरेको थिएन ।
गोरखा २ बाट चुनाव लड्नेगरी तीन जनाको मात्रै नाम सिफारिस भएको केन्द्रीय सदस्य लेखबहादुर थापाले बताए । ‘पार्टीबाट हितराज पाण्डे,लेखनाथ न्यौपाने र चूडामणि खड्काको नाम सिफारिस भएको छ’ थापाले भने,‘उहाँ(नारायणकाजी)को नाम प्रतिनिधि सभामा चुनाव उठ्ने गरी सिफारिस भएको छैन । नामै सिफारिस नभएकाले चुनाव उठ्नुहुन्न होला ।’
यस्तै नारायणकाजीको सचिवालयका एक सदस्यले गोरखाबाट श्रेष्ठ चुनावमा उठ्ने तयारी नभएको बताए । ‘उहाँ(नारायणकाजी) गोरखाबाट चुनाव लड्ने गरी तयारी छैन । उहाँले पार्टीका नेताहरुलाई भन्नु भएको छैन । यो चुनावमा उहाँ चुनाव लड्ने सम्भावना छैन’ उनले भने ।
०७४ सालको चुनावमा पराजित भएपछि श्रेष्ठले ५ वर्ष संसद नछिर्ने बताएका थिए । तर, त्यसको २ वर्षमै उनी राष्ट्रिय सभाबाट संसद छिरेका थिए । उनी २०७६ साल माघ ९ गते भएको राष्ट्रिय सभा चुनावमा निर्वाचित भएका थिए । उनी पहिलो संविधान सभामा समानुपातिक सांसद भएका थिए । २०७० सालको दोस्रो संविधान सभा चुनावमा भने उनी मकवानपुरबाट पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण