आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कारवाही भोग्न तयार छौँ : गुरुराज घिमिरे

मङ्गलबार, ११ असोज २०७९, १६ : ३०
मङ्गलबार, ११ असोज २०७९

 कांगेसको संस्थापन इतर समूहले न्यायका लागि आवाज उठाउँदा संस्थापनले कारवाही गरे भोग्न तयार रहेको बताएको छ । कांग्रेस संस्थापन इतर समूहका नेता गुरुराज घिमिरेले मंगलबार पार्टी कार्यालय सानेपामा प्रतिक्रिया दिँदै कांग्रेसको समानुपातिक सूची बनाउँदा न्याय नभएको भन्दै त्यसैका लागि आफूहरुले आवाज उठाएको बताए ।

 ‘समानुपातिकको सूची बनाउँदा न्याय भएको छैन । हामीले भाग खोजेका होइनौँ । न्याय खोजेका हौ’, नेता घिमिरेले भने, ‘हामी बन्द सूची सच्याउने समयसम्म पर्खन्छौं । न्यायका लागि आवाज उठाउँदा कारवाही हुन्छ भने भोग्न तयार छौँ ।’

उनले न्यायका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको पनि बताए । ‘हामीले शेरबहादुर देउवालाई मात्रै भनेका होइनौँ शेखर कोइराला र महामन्त्रीहरूलाई पनि अन्याय भयो भनेका हौँ’, घिमिरेको भनाइ छ ।

कांग्रेसमा शेखर कोइराला समुहका दोस्रो तहका नेताहरुले समानुपातिक सूची नसच्याए धर्ना बस्ने चेतावनी दिदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप