बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

मङ्गलबार, ११ असोज २०७९, १६ : २०
मङ्गलबार, ११ असोज २०७९

निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । 

गत आइतबार आयोगले​ विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप