कांग्रेस संस्थापनको प्रष्टोक्ति : समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने बताएका हुन् ।
उनले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र तयारी समितिले समयमै घोषणापत्र तयार गर्ने पनि बताए । 'सबै एकताका साथ निर्वाचनमा होमिनु पर्छ । ठूलो पार्टी सबैका आकांक्षा पुरा नहुन सक्छन् । समानुपातिकमा एकलौटी गरियो भन्नेमा कुनै सत्यता छैन । सहमतिमा बन्दसूची पेस गरिएको छ । पार्टीका सबै शीर्ष नेताबीच छलफल भएर नै टुंग्याइएको हो,' उनले भने, 'हामी यस्तो गर्छु, उस्तो गर्छु भन्नु वाञ्छनीय होइन । यो पक्ष र उ पक्ष भनेर कुनै पक्षपात भएको छैन ।'
उनले समानान्तर उम्मेदवारी दिनु पार्टीको अनुशासनभित्रको कुरा नभएको बताए । बहुमतबाट नभएर सर्वसम्मत निर्णय भएको भन्दै उनले अनुशासन उल्लंघन गरिए पार्टीले त्यसलाई नजिकबाट हेर्ने पनि बताए । यस्तै उनले आजभोलि नै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लाग्ने पनि बताए । 'त्यसका लागि छलफल चलिरहेको छ । पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने छ,' उनले भने ।
यस्तै कांग्रेसले राष्ट्रपतिबाट नागरिक विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको बताएको छ । तर नागरिकता को-कोलाई दिन थालियो भनेर अहिले नै भ्रम सिर्जना गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्