शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री आशालाई ‘दादा साहेब फाल्के अवार्ड’

मङ्गलबार, ११ असोज २०७९, १५ : २६
मङ्गलबार, ११ असोज २०७९

 दिग्गज अभिनेत्री आशा पारेखलाई ‘दादा साहेब फाल्के अवार्ड’ प्रदान गरिने भएको छ । फिल्म क्षेत्रको योगदानको कदर गर्दै उनलाई यो वर्षको अवार्ड दिन लागिएको हो । 

अवार्ड भारतीय फिल्म उद्योगको सर्वाेच्च मानिन्छ । एएनआईले ट्वीटमार्फत अवार्डको जानकारी दिएको हो । उनलाई यो सम्मान ६८औं नेशनल फिल्म अवार्डको अवसरमा प्रदान गरिनेछ । पछिल्लो समय यो अवार्ड २०१९ मा साउथ सुपरस्टार रजनीकांतले पाएका थिए । 

२२ वर्षपछि यो अवार्ड महिलालाई दिइएको हो । यस अगाडि २००० मा यो अवार्ड गायिका आशा भोसलेले प्राप्त गरेकी थिइन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप