आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारको कारोबार ६६ करोडमा झर्‍यो

मङ्गलबार, ११ असोज २०७९, २३ : ०४
मङ्गलबार, ११ असोज २०७९

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो । 

यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउन पुगेको छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप