अमेरिकी सहायकमन्त्री केनेडी ट्रुडो भोलि नेपाल आउँदै
मङ्गलबार, ११ असोज २०७९, १५ : १३
अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् । उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ । ( न्युज कारखाना)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?