बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

२९ पुसमा साम्राज्ञी ‘तिम्रो मेरो साथ’

मङ्गलबार, ११ असोज २०७९, २३ : ०५
मङ्गलबार, ११ असोज २०७९

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।

प्रेम कथामा निर्माण भएको फिल्ममा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्का बनेका छन् । फिल्ममा सन्दीप क्षेत्री र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।

बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको फिल्म नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप