बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाको भ्रमण गर्दै कमला ह्यारिस

मङ्गलबार, ११ असोज २०७९, १२ : २१
मङ्गलबार, ११ असोज २०७९

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।  हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । 

ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा नि:शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो । -न्युज कारखानाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप