शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही

मङ्गलबार, ११ असोज २०७९, ११ : ११
मङ्गलबार, ११ असोज २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् । 

यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारवाही गरेको कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप