शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व पर्यटन दिवसका अवसरमा प्रभातफेरी

मङ्गलबार, ११ असोज २०७९, १० : ३१
मङ्गलबार, ११ असोज २०७९

ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । 

मेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो । प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए । उनले आज दिउँसो स्थानीय र विभिन्न संघसंस्थाहरूसँग मिलेर सांस्कृतिक कार्यक्रम गर्ने बताए । त्यस्तै आज नै परिषद्ले विभिन्न क्लबसँग मिलेर रक्तदान लगायतका कार्यक्रम गर्ने पनि बताए ।  

त्यस्तै लायन्स क्लब काठमाडौंका जिल्ला अध्यक्ष उत्तम झाले नेपालमा पर्यटन क्षेत्रको अपार सम्भावना भएपनि फाइदा लिन नसकेको बताए । उनले आज विश्व पर्यटन दिवसको अवसरमा विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन लागेको बताए ।

पर्यटन संघ संस्थाहरुको उपस्थितिमा दिउँसो पञ्चे बाजा, धिमे बाजा, भैरव नाच, देवी नाच, सहित ठमेल परिक्रमा गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप