शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दीको रिट हेर्न दसैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने

मङ्गलबार, ११ असोज २०७९, २२ : ५६
मङ्गलबार, ११ असोज २०७९

घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो । 

घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ । 

बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । न्यायाधीशहरूले दिन अनुसार पालैपालो बन्दी प्रत्यक्षीकरणको रिट हेर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप