पोखरामा भेडा च्याङ्ग्राका बथान, कति पर्छ किलोको ?
१० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’
दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेडा च्याङ्ग्राको हुलमुल भेटिन्छन् । पोखरामा च्याङ्ग्रा संस्कृति धेरै पुरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्याङ्ग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेडा च्याङ्ग्राको भाउ निकै महंगो छ ।
लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दसैंमा भेडा च्याङ्ग्राको माग बढी हुन्छ । बोहराले ल्याएको बथानमा रोज्जा च्याङ्ग्राको मुल्य ४५ हजार छ । यहाँबाट एउटै च्याङ्ग्राको मुल्य ५० हजारसम्म लिन्छन्, व्यवसायीले ।
मुस्ताङको कागबेनीदेखी च्याङ्ग्रा ल्याएर याम्दीमा बिक्रीका लागि राखेका हेम्जाका झपट बहादुर थापाले रोजेर र जोखेर दुवै हिसावले च्याङ्ग्रा बेचेका छन् । ‘रोजेर ३८ हजार देखि ४६ हजार मुल्य सम्मका छन् । जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उनले भने, ‘जसले पहिले ल्यायो, उसैको छिटो विक्रि हुन्छ । ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकें ।’
याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर विक्रि हुन्छन् । मुस्ताङबाट झारिएका भेडा च्याङ्ग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडा च्याङ्ग्रा ल्याइए पनि वर्षेनी हुने मुल्य बृद्धिका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।
बझाङबाट करिब २ सय ५० भेडा च्याङ्ग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मुल्य बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार प¥यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न प¥यो । पालिकालाई कर तिर्न प¥यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’
गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङ्‍ग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मुल्य पर्छ । दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडा च्याङ्‍ग्रा किन्न नसक्नेहरु खसी बोकामै रमाउँछन् । दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?