शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

मङ्गलबार, ११ असोज २०७९, ०८ : ३०
मङ्गलबार, ११ असोज २०७९

इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्यूमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।

आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।

हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११ औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप