अन्तर्राष्ट्रिय गन्तव्यमा ‘अनलाइन टिकट बुकिङ’ सुरु
सोमबार, १० असोज २०७९, १६ : ००

नेपाल वायु सेवा निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले आजदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् । निगमले अहिले दिल्ली, मुम्बई, बेङगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
-
जिब्रो छेड्ने जात्रा (तस्बिरहरु)
-
एमालेभित्रको विवाद : विराटनगरमा पनि दुई प्यानल
-
कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी
-
नेप्से परिसूचक २७.१४ अंकले वृद्धि, कारोबार रकम पनि वृद्धि
-
अमेरिका र बेलायतबीच सम्झौताको सम्भावनाबारे के भन्छन् जेडी भान्स ?