राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, निर्वाचित उपाध्यक्षभन्दा पछाडि वरीयता

विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् ।
त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ ।
मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने सहमति भएको हो । जसअनुसार मिश्रभन्दा अगाडिको वरियतामा उपाध्यक्षहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशनी कार्की रहनेछन् । यस्तै दीपक बोहराको वरीयता पनि माथि नै रहनेछ । हाल पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको वरीयता अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा पनि माथि रहेको छ । पदाधिकारीमा रहेका उपाध्यक्षहरू पछि मिश्रको वरीयता पाँचौ नम्बरमा रहने गरी सहमति भएको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला