बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, निर्वाचित उपाध्यक्षभन्दा पछाडि वरीयता

सोमबार, १० असोज २०७९, २१ : १६
सोमबार, १० असोज २०७९

विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् । 

त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ । 

मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने सहमति भएको हो । जसअनुसार मिश्रभन्दा अगाडिको वरियतामा उपाध्यक्षहरू  विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशनी कार्की रहनेछन् । यस्तै दीपक बोहराको वरीयता पनि माथि नै रहनेछ । हाल पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको वरीयता अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा पनि माथि रहेको छ । पदाधिकारीमा रहेका उपाध्यक्षहरू पछि मिश्रको वरीयता पाँचौ नम्बरमा रहने गरी सहमति भएको नेताहरुले बताएका छन् ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप