तेइस उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही
पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी नयाँ फर्मलाई अनुमतिपत्र प्रदान, नियमित परीक्षण र नवीकरण, अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यालयले चितवन, मकवानपुर, बारा, पर्सा तथा रौतहट कार्यक्षेत्रमा विशेषगरी गुणस्तर तथा नापतौलसम्बन्धी कार्य गर्दै आएको छ । कार्यालयले विभिन्न २३ वटा उद्योग तथा व्यावसायिक फर्मविरुद्ध सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरी कारवाही प्रक्रिया बढाएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।
तीमध्ये सबैभन्दा बढी १३ वटा मकवानपुर जिल्लास्थित हेटौँडाका उद्योग तथा व्यावसायिक फर्महरु रहेका छन् । कारवाही प्रक्रियामा बाराको एउटा, पर्साको एउटा, चितवनका चार र रौतहटका चार वटा फर्महरु परेका छन् ।
यसरी अभियोग पत्र दर्ता गरिएका मकवापनपुरको हेटौ‘डास्थित उद्योग तथा व्यावसायिक फर्महरुमा खजुरिको नेपाल प्रा.लि., अन्सारी मिट सप, आयुषी नेनरम सप्लायर्स , ॐ नवरत्न ज्वेलर्स, रफिक किराना स्टोर्स, लक्की किराना स्टोर, श्याम गजमेर एण्ड सन्स, समृद्ध सप्लायर्स र स्वयं ट्रेडर्स रहेका छन् ।
यसैगरी बाराको नारायणी प्लाष्टिक प्रा.लि., पर्साको न्यु मनोकामना ज्वेलर्स, चितवनको कामना पोल्ट्री सप्लायर्स, सुविधा पोल्ट्री प्रा।लि। र वेलहोप एग्रो टेक प्रा.लि. रहेका छन् । त्यस्तै रौतहटका मदनी टे«र्डस, अनु ज्वेलर्स, जयसवाल ग्रिल उद्योग र रामेश्वर किराना पसल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस
-
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
-
प्रहरीले ट्याल्कम पाउडरलाई कोकिन ठानेपछि...
-
हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’
-
दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना
-
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक