शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व पर्यटन दिवसको अवसरमा बुटवलमा आरती प्रज्वलन

सोमबार, १० असोज २०७९, १९ : ५३
सोमबार, १० असोज २०७९

लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।

यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारले चालेको हरेक कदममा आफूले सहयोग गर्न सदैव तयार रहेको बताए । नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरू आरती प्रज्वलन कार्यक्रममा सहभागी थिए । 

दिवसको अवसरमा मंगलबार बिहान रुपन्देहीको भैरहवास्थित बेलहियामा दिवसको मूल कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य रूपमा स्वागत र सम्मान गरिने मूल समारोह समितिका संयोजक सिपी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप