सन्दीपविरुद्ध इन्टरपोल शाखाले जारी गर्यो डिफ्युजन नोटिस
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।
डिफ्युजन नोटिस इन्टरपोलमा आबद्ध १३५ मुलुकका इन्टरपोल शाखाले जारी गर्न सक्छ । सो नोटिस अनौपचारिक प्रकृतिको हुन्छ । ‘रेड कर्नर नोटिस’ इन्टरपोल हेडक्वार्टरले नै जारी गर्नुपर्छ । सन्दीपविरुद्धको लागेको बलात्कारको आरोप पुष्टि नभएको हुनाले उनीविरुद्ध रेड कर्नर नोटिस जारी भएन ।
डिफ्युजन जारी गरेर नेपाल प्रहरीले विश्वभरका १ सय ३५ मुलुकमा इन्टरपोल शाखालाई सन्दीपको खोजी गरिदिन आग्रह गरेको छ । ती मुलुकले आफ्नो देशमा आरोपी भेटेमा नेपाल पठाउन सहजीकरण गर्नेछन् । क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफूविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता छन् । भदौ २३ मा उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट संघले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुन लडाइँ लड्ने बताएका थिए ।
आइतबार साँझ पनि सन्दीपले सामाजिक सञ्जालमा लामो स्ट्याटस पोष्ट गरेर आफूविरुद्ध झूटा जाहेरी हालेर चरित्र हत्या गरिएको जिकिर गरेका छन् । उनले कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका छन् । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनीविरुद्ध नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल र नगरकोटमा घुमाएर राति काठमाडौंमा ल्याएर बलात्कार गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता मजबुत नभएकोमा सभामुखहरू एकमत, पोखराबाट ७ बुँदे घोषणा जारी
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही