मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो

सोमबार, १० असोज २०७९, १९ : ००
सोमबार, १० असोज २०७९

मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ । 

कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए ।

ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो । त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । करुणा अस्पतालले दुई जना घाइतेहरू डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेको बताएको छ । दुवैको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ । (न्युज कारखाना)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप