इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने
![इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने](https://rpcdn.ratopati.com/media/albums/kiran-kc_vNWlsHwHlb.jpg)
इन्जिनियर किरण केसी काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हालैमात्र अस्ट्रेलियाबाट नेपाल आएका केसीले मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अस्ट्रेलियामा स्थापित व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । ‘अस्ट्रेलियाको भिसा, पासपोर्ट सबै त्यागेर नेपाल आएको छु । अब जे गर्छु यहीँ गर्छु र देशकै लागि गर्नेछु’ केसीले भने, ‘अब राजनीतिक शुद्धीकरणका लागि युवाको सहभागिता अपरिहार्य छ, त्यसैका लागि मेरो उम्मेदवारी रहनेछ ।’ सोही अवसरमा ई.केसीले देशको विकास र सुशासनका लागि अब आफू पूर्णरुपमा राजनीतिमा समर्पित हुने समेत उद्घोष गरेका छन् ।
‘राजनीतिमा मुलतः ३ समस्या छन्, पहिलो नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भइसकेको जड नेतृत्व, दोस्रो राजनीतिकर्मीको उद्यमशीलता विहीन जीवनशैली र तेस्रो युवालाई अवसर दिनमा रोकावट ।’ यी तीन वटै कमजोर पक्षलाई शुद्धीकरण र शुद्धीकरण गरेर विकासको मूल फुटाउन म राजनीतिमा होमिएको हुँ’, उनले भने ।
पछिल्लो समय बढ्दो स्वतन्त्रको लहर हेरेर नभएर आफूले १० वर्षदेखिको योजना मुताबिक नै उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । काठमाडौं क्षेत्र नं. ७ वासीको राम्रो साथ सर्पोट र हौसला पाएकाले आफूले जित्ने पूर्ण विश्वास रहेको समेत उनको दाबी छ । २८ वर्षे केसीले हालसम्म प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने सबैभन्दा कान्छा उम्मेदवार समेत आफू भएको उनले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त