मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने
वर्ल्ड टुरिजम डेको अवसरमा मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलबारबाट आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगितामा ५४ होलको खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ । पुरुष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । यो वल्ड ¥याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि वर्ल्ड ¥याङकिङमा स्थान बनाउने अवसर पनि हो ।
नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्नेछन् । टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत