ब्राउन सुगरसहित धनुषाबाट २ जना पक्राउ
सोमबार, १० असोज २०७९, १८ : ००
धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका–३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना–२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण