होनोर एक्स६ आजदेखि बजारमा
सेलट्रोन नेपालले होनोर एक्स६ नेपालमा लन्च भएको घोषणा गरेको छ। सेलट्रोन नेपाल द्वारा लन्च गरिएको HONOR X Series (X7, X8 र X9) र HONOR 50 Lite पहिले नै बजारमा उपलब्ध छन् । आजदेखि भने होनोर एक्स६ पनि एक्स सिरिज परिवारमा थपिएको हो।
विशेष ६ स्मार्ट फिचर्स भएको होनोर एक्स६लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिने कम्पनीको भनाइ छ। यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवर्द्धनात्मक योजनाहरू ल्याएको छ । ती मध्ये एउटा स्कीम ३ बन्डलिङ अफर रहेको छ। यो अफर अनुसार ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।
पहिलो बन्डलिङ अफरमा २३ हजार ९८० मूल्य बराबरको HONOR X6 र HONOR Earbuds X3 Lite को कम्बो मात्र रु. २०,९९० मा पाउन सकिन्छ ।
दोस्रो बन्डलिङ अफरमा २४ हजार ९८० मूल्य बराबरको HONOR X6 र HONOR Band 6 को कम्बो मात्र रु. २१,४९० मा पाउन सकिन्छ भने तेस्रो बन्डलिङ अफरमा ३० हजार ४७० मूल्य बराबरको HONOR X6, HONOR Band 6 र HONOR Earbuds X3 Lite को कम्बो मात्र रु. २३,४९० मा पाउन सकिन्छ ।
प्रमोशनल अफरमन क्रममा १० भाग्यशाली विजेताहरूले HONOR Earbuds X3 Lite पाउने पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा