कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा
सोमबार, १० असोज २०७९, १७ : १६
![कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा](https://rpcdn.ratopati.com/media/albums/k1_FKKTG8Arok.jpg)
सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा छ ।
सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरू सूचकमा समेटिएका थिए । कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुति र भौगोलिक अवस्था आदिलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन