एनसीसी र कुमारी बैंकले गरे मर्जरको सम्झौता
सोमबार, १० असोज २०७९, १७ : १०
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकबीच मर्जर हुने भएको छ । सोमबार दुई कम्पनीले कार्यक्रम गर्दै आफूहरूबीच मर्जर सम्झौता हुन लागेको जानकारी दिएका हुन् । विगत लामो समयदेखि मर्जरको प्रयासमा रहेका कम्पनीहरू अन्तत गाभिन सहमत बनेका हुन् । बैंकका सञ्चालकहरूबीच सहमती जुटेपछि सोमबार कार्यक्रम नै गरेर बैंकहरूले मर्जरको घोषणा गरेका हुन् ।
दुई बैंकका सञ्चालकहरूबीच १ः१ को अनुपातमा मर्जर हुनेछ । तर, सम्पत्ती तथा दायित्व मूल्यांकन (डीडीए)पछि सेयर मूल्यमा पर्ने फरकसँगै सेयर अनुपात भने फेरिन सक्छ । हाल एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ छ । यस्तै, कुमारी बैंकको चुक्तपूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा