हेलम्बुमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ ।
किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन् । ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामाले बताए । करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उनीहरुले गरिरहेका छन् ।
किबीले अब केही समयमा उत्पादन दिने लामाले बताए । च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन् । ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन । किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने सञ्चालक लामाले बताए । उनले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताए ।
यस भेगका प्रायः सबै नागरिक कृषि पेशामै आत्मनिर्भर छन् । तर किसानमा प्राविधिक ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ । तर हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने फार्मका कृषि प्राविधिक विकास पौडेलले बताए । त्यहाँबाट उत्पादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ । यहाँको उत्पादन अर्गानिक रहेको र नजिकै पाउँदा सहज भएको पाल्चोक माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र खड्काले बताए ।
फार्मले नियमितरूपमा छ जनालाई र आवश्यकताअनुसार ४०–५० जनालाई रोजगारी दिएको छ । फार्ममा स्थानीय विद्यालयका विद्यार्थी पनि संलग्न हुँदै आएका छन् । यहाँ प्रयोगात्मक कक्षा गर्न विद्यार्थी आउने गरेका छन् । आफ्नै गाउँमा प्रयोगात्मक कक्षा गर्न पाएकामा हेलम्बुका मनोज पण्डितले खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा