शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राधिकरणले रद्द गर्‍यो जीआईएस म्यापिङको टेण्डर, पुनः टेण्डर आह्वान हुने

सोमबार, १० असोज २०७९, १६ : २९
सोमबार, १० असोज २०७९

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको जीआईएस म्यापिङ अफ डिष्ट्रब्युसन नेटवर्कको पहिलो टेण्डर रद्द गरेको छ । प्राधिकरणले भदौ २३ गते सार्वजनिक गरको टेण्डर मार्फत छनोट भएको कम्पनी पनि विवादमा परेपछि अर्काे टेण्डर आव्हान गर्ने तयारी भएको हो ।

प्राधिकरणले  सार्वजनिक गरेको टेण्डरमा तीन कम्पनी सहभागी भएका थिए । यसमध्ये २ कम्पनीलाई अयोग्य भन्दै आइएमएस जेभीलाई ठेक्का दिने भनिएको थियो । प्रारम्भिक छनोटमा योग्य भएको आइएमएस जेभीको विषयमा पनि उजुरी परेको र त्यसको छानविन गर्दा सो कम्पनी पनि जीआईएस म्यापिङ अफ डिष्ट्रिव्युसन नेटवर्कको लागि योग्य नपाइएपछि टेण्डर नै रद्द गरिएको प्राधिकरण स्रोतले जानकारी दियो ।

‘पहिलाको टेण्डरमा ३ कम्पनी सहभागी भएका रहेछन्, त्यसमध्ये योग्य भएको एकमात्र कम्पनीको विषयमा पनि उजुरी परेपछि हामीले छानविन गर्यौं, यसरी हेर्दा सो कम्पनी पनि योग्य देखिएन, त्यसैले टेण्डर नै रद्द गरेर रिटेण्डर गर्ने तयारी भएको छ,’ प्राधिकरण स्रोतले रातोपाटीसँग भन्यो । प्राधिकरणले चाँडै नै नयाँ टेण्डर प्रकाशन गर्ने गरी तयारी गरेको छ । स्रोतका अनुसार दशैं अघि नै टेण्डर आव्हान गर्ने तयारी भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप