शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणपन्थी नेतृ इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक

सोमबार, १० असोज २०७९, १६ : २५
सोमबार, १० असोज २०७९

दक्षिणपन्थी नेतृ जियोर्जिया मेलोनीले इटालीको आम निर्वाचनमा जित हासिल गर्दै देशको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक पुगेकी छन् । दोस्रो विश्वयुद्धपछि मेलोनीले इटालीमा सबैभन्दा दक्षिणपन्थी सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।

उनको उदयले युरोपमा हलचल मच्चिएको छ, किनभने इटाली युरोपियन युनियनको तेस्रो ठूलो अर्थतन्त्र हो । यद्यपि मतदानपछि मेलोनीले उनको बदर्स अफ इटाली पार्टीले ‘सबैका लागि सरकार’ बनाउने बताउँदै जनताको विश्वासलाई धोका नदिने प्रतिबद्धता जनाएकी थिइन् । ‘इटालीको जनताले बदर्स अफ इटालीको नेतृत्वमा दक्षिणपन्थी सरकार बनाउने स्पष्ट सन्देश दिएका छन्,’ रोममा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘धन्यवाद इटाली’ लेखेको सङ्केत बोकेकी थिइन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एनरिको लेट्टालाई उछिन्दै उनले २६ प्रतिशत मत हासिल गर्ने बताइएको छ । मेलोनीको दक्षिणपन्थी गठबन्धनमा माटेयो साल्भिनी र पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको पार्टीमा समावेश रहेको छ । गठबन्धनले दुवै सिनेट र च्याम्बरमा डेपुटीजमा ४४ मतसहित नियन्त्रण बनाउने अपेक्षा गरिएको छ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप