हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै
सोमबार, १० असोज २०७९, १६ : १९
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले इलामको इलाम नगरपालिका वडा नम्बर ९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा नम्बर ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइड्रोपावर संचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिलको तर्क : तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई थुनामा पठाउनुपर्छ
-
बीआरआई सम्झौताबारे बुझ्न प्रधानमन्त्रीलाई समितिमै बोलाउनुपर्छ : निधि
-
पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड
-
बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु
-
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा निर्देशिका जारी
-
भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’