शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

सोमबार, १० असोज २०७९, १४ : ३८
सोमबार, १० असोज २०७९

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ ।

 २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप