बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन प्रणालीबाटै शिक्षकहरूको फाँटवारी पठाउने व्यवस्था सुरु

सोमबार, १० असोज २०७९, १४ : ३७
सोमबार, १० असोज २०७९

नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने  र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । 

योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा  (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघिनै सुरु गरेको हो । 

शिक्षकहरूले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ । 

शिक्षकहरूमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले बताए । यस्तो सेवाबाट कागज रहित कार्यको विकास भएको उनको भनाइ छ । 

 कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै क वर्गका वाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धित कार्यालय, विद्यालयहरूले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन् । फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रूपमा सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप