पाकिस्तानकी मन्त्रीमाथि लण्डनमा दुर्व्यवहार

person explore access_timeअसोज १०, २०७९ chat_bubble_outline0

पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको एउटा कफी पसलमा केही मानिसले घेरेर दुर्व्यवहार गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्री विरुद्ध नारा लगाएको देख्न सकिन्छ । यति मात्र होइन, कतिपयले मरियम लाई ‘चोर’ भनेर पनि सम्बोधन गरेका छन् ।


मरियम औरङ्गजेबलाई घेरेर बसेका मानिसहरूले आफ्नो देश बाढीको चपेटामा परेको बेला नेताहरू जनताको पैसामा विदेश घुमिरहेको आरोप लगाएका थिए । भाइरल भिडियोमा मानिसहरूले उनको वरिपरि घेरा बनाएर उनको बारेमा टिप्पणी गरिरहँदा मरियमले कुनै प्रतिक्रिया नदिइ आफ्नो मोबाइलमा व्यस्त रहेको देखिन्छ । उनको बारेमा टिप्पणी गर्दै एक महिलाले भनिन्, ‘त्यहाँ टिभीमा ठूला–ठूला दाबी गर्छिन् तर यहाँ उनको टाउकोमा दुपट्टा पनि छैन । 



पाकिस्तानी पत्रकार सैयद तलत हुसैनले ट्वीटरमा घटनाको भिडियो पोस्ट गरेका छन्, जसमा केही मानिसहरू पाकिस्तान तहरीक(ए-इन्साफको झण्डाको रंगमा देखिएका छन्। उनीहरू मरियमको तस्बिर र भिडियो खिचिरहेका थिए ।



घटनाबारे मरियमले ट्वीट गर्दै भनेकी छन्, ‘यो इमरान खानको घृणा र विभाजनको राजनीतिको विषाक्त प्रभाव हो जुन हाम्रा दाजुभाइ र दिदीबहिनीहरुमा देखिन्छ। म रोकिएर उनीहरुको हरेक प्रश्नको जवाफ दिएँ । दुःखको कुरा के छ भने उनीहरू इमरान खानको प्रचारको सिकार भएका छन् । हामी इमरान खानको विषाक्त राजनीतिको विरोध गर्नेछौँ र जनतालाई एकताबद्ध गर्न काम गर्नेछौँ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।