शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

सोमबार, १० असोज २०७९, १४ : १९
सोमबार, १० असोज २०७९

नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । 

मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा वि.सं. २०६१ मा पहिलोपटक डेंगुको सङ्क्रमण देखापरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप