पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, २ जना मेजरसहित ६ जनाको मृत्यु
सोमबार, १० असोज २०७९, १४ : १५

पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।
केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित छ जनाको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी