नेशनल कार्डियाक सेन्टरद्वारा निःशुल्क मुटु परीक्षण
नेशनल कार्डियाक सेन्टर काठमाडौंले पत्रकारहरुको मुटु स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा स्वास्थ्य बिटमा क्रियाशिल ३० जना पत्रकारलाई कार्डियाक सेन्टरले निःशुल्क मुटु जाँच गरेको हो । कार्डियाक सेन्टरमा पत्रकारहरुले मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइराइड लगायतको स्वास्थ्य परीक्षण गराएका हुन् ।
परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतना,नेपालमा मुटु रोगीको अवस्था र मुटु रोग लाग्न नदिनका लागि व्यक्तिको भूमिका विषयमा जानकारी दिएका थिए । मुटु रोग लाग्न नदिनका लागि नियमित शारिरिक अभ्यास, स्वस्थ खानपान र सकारात्मक जिवन शैलीमा ध्यान दिएमा प्रेसर, सुगर, कोलेस्टेरोल नबढ्ने उनको भनाइ छ ।
कार्यक्रममा मुटु विशेषज्ञ डा.अभिषेक ठाकुरले हृदयाघात भएको कसरी थाहा पाउने, मुटुको धडकन बन्द भएर बेहोस भएमा कसरी सीपीआर दिने भन्ने विषयमा जानकारी दिएका थिए । डा.ठाकुरले आकस्मिक अवस्थामा कसरी प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराएका थि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी