केन्द्रीय कार्यालयमा धर्ना दिने कोइराला पक्षको निर्णय
सोमबार, १० असोज २०७९, २२ : २७
नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो । कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङको विरोध भएको थियो ।
सभापति शेरबहादुर देउवाप्रति नरम देखिएको भन्दै गुरुङको आलोचना भएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही सहभागी छन् । यस्तै नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने