मुन्द्रेले अमेरिकामा हसाए दर्शक

हास्य कलाकार जीतु नेपाल 'मुन्द्रे'ले अमेरिकामा दर्शक हसाएका छन् । उनले डिसी महानगर क्षेत्रमा शनिबारका दिन केसी डान्स सेन्टरद्वारा आयोजित ‘कलिउड नाइट २०२२’ कार्यक्रममा आफ्नो प्रस्तुति मार्फत दर्शक हसाएका हुन् ।
खचाखच भिड रहेको कार्यक्रममा बिशेष आकर्षण नै मुन्द्रे भएका थिए । अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति समेत रहेको कार्यक्रममा मुन्द्रेले २–४ वटा प्रस्तुति गरेका थिए, भने उनको प्रस्तुतिलाई दर्शकले औधी मन पराए ।
कार्यक्रम लोकगायक प्रेमराजा महत, गायिका शान्ति भण्डारी, संजोक योञ्जन, अभिनेता राहुल केसी, सबिना बज्राचार्य, लुना श्रेष्ठ ,नबिन केसी ,सारङ्गा श्रेष्ठ लगायतको समेत प्रस्तुति रहेको थियो ।
दशैँको दुर्गा अम्बे स्तुतिको सामूहिक प्रस्तुतिसँग सुरु भएको कार्यक्रमम सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका बिभिन्न जातजातिका बिशेष गीतहरूमा किशोरीहरूको प्रस्तुति मार्फत राखिएको थियो । कार्यक्रमको अन्त्यमा दशैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगालागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग