‘सहारा’को छायांकन सुरु
सोमबार, १० असोज २०७९, १२ : २७
कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो । टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् ।
एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा सहाराको कथा बुनिएको छ । टेलिसिरियलमा प्रज्ञा जोशी, आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रियंका दाहालका अभिनय रहनेछ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा