कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड
सोमबार, १० असोज २०७९, १२ : २२
कतार एयरवेजले सातौं पटक ‘एयरलाइन्स अफ द इयर’ अवार्ड जितेको छ । एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ । सन् २०२२ मा एयरलाइनले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयर को उपाधि दिएको हो ।
लण्डनमा आयोजित एक भव्य समारोहमा अवार्ड हस्तान्तरण गरियो । कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयर को उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा